चेल्सीले बायर लेवरकुसेनका स्टार साइन गर्ने

चेल्सीले बायर लेवरकुसेनका स्टार जर्मन काइ हाभर्टजलाई साइन गर्न चाहान्छन् तर उनलाई साइन गर्न चेल्सी ठुलो रकम तिर्न पर्ने खबर छ ।

आक्रमणकारी मिडफिल्डरलाई धेरै क्लबले लक्षित गर्दै आएका छन्, बायर्न म्युनिखको पनि उनि माथि चासो रहेको छ।

तर चेल्सी उक्त दौडमा अगाडी रहेको खबर छ भने, मिडफिल्डर पनि लण्डनमा सर्न इच्छुक छन्।

खबर अनुसार क्लबले उनको लागि प्रारम्भिक रकम अनुसार £६३ मिलियन मागेको छ र अरु बोनसहरु राखेर उक्त रकम £९० मिलियन पुग्ने कुरा छ।

२१ बर्षका स्टारको बुन्डेस्लिगा र युरोपेली फुटबलमा धेरै उत्कृष्ट प्रदर्शन रहेको छ।