चेल्सीले जित्यो च्याम्पियनस लिगको उपाधि

एजेन्सी, इङलिस क्लब चेल्सीले अर्को इङलिस क्लब म्यान्चेस्टर सिटिलाई हराउँदै च्याम्पियनस लिगको उपाधि जित्न सफल भएको छ। यो चेल्सीको दोश्रो च्याम्पियनस लिग उपाधि हो।

नेपाली समय अनुसार मे ३० आइतबार बिहान १२:४५ मा सुरु भएको च्याम्पियनस लिग फाइनलको उक्त खेल चेल्सीले सिटिलाई १-० ले पराजित गरि सो उपाधि जित्न सफल भएको हो।
खेलको ३९ औ मिनेटमा चेल्सीका डिफेन्डर थियागो सिल्भाले मैदान छाडि उनका स्थानमा आनड्रेयाज क्रिस्टियनसनले मैदान प्रवेश गरेका थिए। खेलको ४२ औ मिनेटमा मेसन माउन्टको उत्कृष्ट पासमा काइ हाभट्र्जले गोल गरि चेल्सीलाई १-० को आग्रता दिलाएका थिए।

 

दोश्रो हाफको ६० औ मिनेटमा सिटिका कप्तान केभिन डेभ्रुना घाइते भएर मैदान छाडे पछि उनको स्थानमा ग्याभ्रीयल जिसुसले मैदान प्रवेश गरेका थिए। खेलको ६४ औ मिनेटमा सिटिका बर्नार्डो सिल्भाले मैदान छाडी फर्नान्डिनियोले मैदान प्रवेश गरेका थिए भने ६६ औ मिनेटमा चेल्सीका टिमो वर्नरले मैदान छाडी क्रीस्चियन पुलिसिचले मैदान प्रवेश गरेका थिए।

खेलको ७७ औ मिनेटमा सिटिका रहिम स्टर्लिङले मैदान छाडी सर्जियो अग्वेरोले मैदान प्रवेश गरे। यो अग्वेरोको सिटिका लागि अन्तिम खेल थियो। खेलको ८० औ मिनेटमा चेल्सीका मेसन माउन्टले मैदान छाडी उनको स्थानमा कोभासिचले मैदान प्रवेश गरेका थिए। दोस्रो हाल्फमा कुनै गोल हुन नसके पछि चेल्सीले खेल १-० ले जितेको हो।

चेल्सीले पहिलो पटक च्याम्पियनस लिगको उपाधि २०१२ मा बायन म्युनिखलाई पेनाल्टीमा पराजित गरि जित्न सफल भएको थियो। म्यान्चेस्टर सिटिको भने यो पहिलो च्याम्पियनस लिग फाइनल थियो।