चेल्सीले जित्दा आर्सनल आफ्नै मैदानमा हारे

प्रि-सिजन मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब चेल्सीले जित हासिल गरेको छ भने आर्सनल हारेको छ।

आइतबार राति भएको खेलमा चेल्सीले रिडिङलाई ४-३ गोलले हरायो। चेल्सीको लागि रोस बार्कलीले २२ औं र केनेडीले ४२औं मिनेटमागोल गरे भने मासोन माउन्टले ५७ औं र ६० औं मिनेटमा दुई गोल गरेका थिए।

रिडिङका जोस बारेटले १३औं, माइकल मोरिसनले ४९औं र साम बाल्डोकले ७१औं मिनेटमा गोल गरेका थिए।

अर्को खेलमा खेलमा आर्सनल लियोनसँग २-१ गोलले हारे। आर्सनलका लागि पिर्रे इमरिक अबुमियाङले ३५ औं मिनेटमा गोल गरेका थिए । लियोनले दोस्रो हाफमा दुई गोल फर्काउँन सफल भए।

लियोनका लागि दुवै गोल मोउसा डेम्बेलेले ६६ औं र ७६ औं मिनेटमा गोल गरे। खेलमा आर्सनल लियोनसँग २-१ गोलले आफ्नै मैदानमा हारे।