चेल्सीले आर्सनलको ट्रान्सफर ‘हाइ-ज्याक’ गर्न सक्ने

शाख्तर डोनेट्स्कका युक्रेनी स्टार विंगर मिखाइलो मुड्रिकलाई साइन गर्ने प्रयासमा प्रिमियर लिग क्लब आर्सनल रहेको बेला लन्डन राइभल क्लब चेल्सी उक्त ट्रान्सफरलाई हाइ-ज्याक गर्ने योजनामा रहेको जानकारी छ।

मुड्रिक सँग आर्सनलको व्यक्तिगत सम्झौता भए पनि शाख्तर र आर्सनल बिच ट्रान्सफर सुल्क मा सहमति हुन सकेको छैन भने सो अवस्थामा चेल्सीले उनलाई साइन गर्न सक्ने जानकारी छ।

आर्सनलले शाख्तर डोनेट्स्कलाई दोस्रो प्रस्ताव पठाएको छ जुन ७५ मिलियन युरो सम्मको रहेको छ। शाख्तरले भने उनको लागि १०० मिलियन युरो सम्मको माग गर्दै आएको छ जसको कारण हाल सम्म सो ट्रान्सफर सफल हुन सकेको छैन र चेल्सी शाख्तरले मागेको जति रकम दिदै आर्सनलको ट्रान्सफर ‘हाइ-ज्याक’ गर्ने इच्छुक रहेको जानकारी छ।

मुड्रिक र आर्सनल बिच व्यक्तिगत सर्तमा सहमति भैसकेको जानकारी छ। दुई बिच ५ वर्षको सम्झौतामा सहमति भएको अब शाख्तर डोनेट्स्क सँग आर्सनलको सम्झौता हुन सकेको छैन।

उनको खेलको कारण धेरै क्लबहरूको नजर उनी माथि परेको बेला शाख्तर डोनेट्स्क उनलाई बेच्न तयार रहेको छ तर उनको लागि युक्रेनी क्लबले १०० मिलियन युरो सम्म माग गर्दै आएको छ जसलाई घटाउन आर्सनल डोनेट्स्क सँग वार्तामा रहेको छ।

डोनेट्स्कका लागि मिखाइलो मुड्रिकले हाल सम्म ३९ खेल खेल्दै ९ गोल र १६ असिस्ट गरेका छन् भने उनको नाम आर्सनल सहित चेल्सी सँग पनि जोडिएको छ तर मुड्रिक आर्सनलको फ्यान रहेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ