चेल्सीले आफ्नो स्टार डिफेन्डर गुमाउन सक्ने

चेल्सीका स्टार डिफेन्डर एन्टोनियो रुडिगरले चेल्सी सँग सम्झौता विस्तार गरेका छैनन् भने उनले चेल्सी सामु तलब वृद्धिको माग राखेको जानकारी छ। जर्मन स्टार डिफेन्डर चेल्सी सँगको सम्झौताको अन्त्य तिर छन् भने चेल्सी उनलाई क्लबमा राख्न इच्छुक रहे पनि दुई बिच वार्ता भने सफल हुन सकेको छैन।

उनी सँग चेल्सीको सम्झौता अन्त्य हुने क्रममा रहेको बेला उनलाई साइन गर्न युभेन्टस र बायर्न म्युनिख इच्छुक रहेको खबर छ। चेल्सीले उनी सँग सम्झौता विस्तार नगरे उनी फ्री एजेन्टको रुपमा क्लब छोड्न स्वतन्त्र हुने छन् भने आफ्नो स्टार खेलाडीलाई फ्री एजेन्ट गुमाउनु चेल्सीको लागि ठुलो घाटा हुने छ।

रुडिगरको तलब माग £४००,००० प्रति हप्ता सम्म रहेको जानकारी छ भने उनलाई चेल्सीले £१३०,००० प्रति हप्ताको तलबको साथ नयाँ प्रस्ताव गरेको थियो। खबर अनुसार रुडिगर क्लबका नयाँ स्टार लुकाकु सँगको तुलनायोग्य तलब चाहन्छन्। लुकाकु क्लबका सबैभन्दा धेरै कमाउने खेलाडी रहेका छन् र उनको तलब प्रति हप्ता £३२५,००० रहेको खबर छ।

उनलाई साइन गर्न युभेन्टस र बायर्न इच्छुक रहेको खबर छ भने दुवै क्लब उनको तलब माग पुरा गर्न तयार हुन सक्ने जानकारी छ जसले चेल्सीलाई ठुलो दबाबमा राखेको छ।