चेल्सीले आफ्नो युवा स्ट्राइकर बेच्ने

चेल्सीले आफ्नो युवा स्ट्राइकर ट्यामी अब्राहमलाई बेच्न खुल्ला हुने खबर छ। खबर अनुसार चेल्सीले २३ वर्षका स्ट्राइकरको लागि आएको प्रस्तावहरू सुन्ने छ र उनको लागि चेल्सीले £४० मिलियन सम्मको माग गर्ने छ।

अब्राहम चेल्सीको एकेडेमीको उत्पादन हुन् तर चेल्सीको सिनियर टिममा उनले सोचेको जस्तो खेल्न सकेका छैनन् भने चेल्सी उनलाई अफ लोड गर्न तयार हुने जानकारी छ।

उनलाई बेचेर चेल्सीले नयाँ स्ट्राइकर साइन गर्न खबर छ। हाल चेल्सीको नजरमा हालान्ड र लुकाकु रहेको पनि चर्चा छ।

नयाँ स्ट्राइकर साइन गर्न चेल्सीले आफ्नो केही अन्य खेलाडीहरू पनि बेच्न सक्ने खबर छ।

२३ वर्षका स्ट्राइकरले टुचेलको आगमन पछि धेरै खेल समय पनि पाएका छैनन् र हाल खबर अनुसार चेल्सी उनलाई बेच्न खुल्ला हुने छ।