चेल्सीले आफ्नो युवा स्टार बेच्ने

चेल्सीले आफ्नो युवा स्ट्राइकर ट्यामी अब्राहमलाई बेच्न खुल्ला हुने खबर छ। रिपोर्ट अनुसार चेल्सीले २३ वर्षका स्ट्राइकरको लागि आएको प्रस्तावहरू सुन्ने छ र उनको लागि चेल्सीले £४० मिलियन सम्मको माग गर्ने छ।

हाल चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ भने नयाँ स्ट्राइकर साइन गर्न चेल्सी अब्राहमलाई अफलोड गर्न इच्छुक रहेको छ। अब्राहम चेल्सी एकेडेमीका उत्पादन हुन् तर चेल्सीको सिनियर टिममा उनले सोचेको जस्तो खेल्न सकेका छैनन् भने चेल्सी उनलाई लोनमा भए पनि बेच्ने योजना बनाएको जानकारी छ।

हाल उनलाई साइन गर्न अर्को लन्डन क्लब आर्सनल इच्छुक रहेको जानकारी छ तर आर्सनलले हाल सम्म कुनै प्रस्ताव भने गरेको छैन। उनलाई बेचेर नयाँ स्ट्राइकर साइन चेल्सीको योजना छ। हालान्ड साइन गर्न चेल्सीले आफ्नो प्रस्तावमा अब्राहमलाई पनि समावेश गरेको थियो तर सो प्रस्ताव डर्टमुन्डले अस्वीकार गरेको छ।

नयाँ स्ट्राइकरको लागि ठाउँ बनाउन उनलाई बेच्ने चेल्सीको योजना रहेको छ र २३ वर्षका स्ट्राइकरले टुचेलको आगमन पछि धेरै खेल समय पनि पाएका छैनन् र हाल चेल्सी उनलाई बेच्न खुल्ला हुने छ।