चेल्सीले आफ्नो खेलाडी दिएर स्टार डिफेन्डर साइन गर्ने

चेल्सी सेभिल्लाका स्टार डिफेन्डर जुलेस काउन्डे साइन गर्न धेरै इच्छुक रहेको छ र उनलाई साइन गर्न चेल्सीले आफ्नो खेलाडी सेभिल्लालाई दिन तयार हुने खबर छ।

खबर अनुसार चेल्सीले ५ खेलाडीहरूको सुची बनाएको छ जस मध्ये एक चेल्सीले सेभिल्लाका स्टार डिफेन्डर जुलेस काउन्डे साइन गर्न प्रयोग गर्ने छ।

खबर अनुसार चेल्सीको उक्त सुचीमा केपा, हाकिम ज़ियाच, ट्यामी अब्राहम, बाकायोको र मिचि बात्सुई रहेका छन्।

उक्त ५ खेलाडीहरू चेल्सीले सेभिल्लाको सामु प्रस्ताव गर्ने जानकारी छ र सो ५ मध्ये एकलाई प्रयोग गरे चेल्सीले जुलेस काउन्डे साइन गर्ने कुरा रहेको छ।

२२ वर्षका स्टार डिफेन्डरको खेल ला लिगामा निकै राम्रो रहेको छ भने अन्य धेरै क्लबको नजर उनी माथि रहेको छ। उनको रिलिज क्लज £६८ मिलियन रहेको जानकारी छ भने चेल्सीले आफ्नो खेलाडी सँग उनलाई साट्ने चर्चा छ।