चेल्सीलाई पछि पार्दै हकिमी भित्र्याउदै पि.एस.जि

एजेन्सी, इटालियन क्लब इन्टर मिलानका मोरोक्कन खेलाडी आच्रफ हकिमीलाई भित्र्याउन फ्रेन्च क्लब पि.एस.जि र इन्टर बिच सम्झौता भएको छ। रिपोर्टका अनुसार उनी इन्टर छाडी पि.एस.जि जाने लगभग पक्का छ।

रिपोर्टका अनुसार उनी ७० मिलियन युरोमा ५ वर्षका लागि पि.एस.जिमा अनुबन्ध हुन लागेका हुन्। उनलाई भित्र्याउने दौडमा पि.एस.जि र इङलिस क्लब चेल्सी पनि रहेको भनिएको थियो। हकिमीले एक सिजन मात्र सिरि ए मा बिताउने मौका पाए। उनी गत वर्ष मात्रै लगभग ४० मिलियन युरोमा ५ वर्षका लागि इन्टर मिलानमा अनुबन्ध भएका थिए।
२२ वर्षका मोरोक्कन फुल ब्याक हकिमी रियल मड्रिडका पुर्व खेलाडी हुन्। उनले रियल मड्रिडका लागि ला लिगामा १७ खेल खेल्नुका साथै २ गोल पनि गरेका थिए। उनले दुई सिजन बोरुसिया डोर्टमण्डमा लोनमा बिताउनु परेको थियो। बोरुसिया डोर्टमण्डका लागि उनले ७३ खेल खेल्नुका साथै १२ गोल पनि गरेका थिए।