चेल्सीलाई आफ्नो मिडफिल्डर बेच्न अस्वीकार गर्दै वेस्ट ह्याम

वेस्ट ह्याम युनाइटेड अटल छन् कि २१ बर्षेका मिडफील्डर डेक्लान राइसलाई क्लबले कुनै पनि परिस्थितिमा बेच्ने छैन तर चेल्सी उनलाई साइन गर्न उत्सुक छन्।

यो विन्डोमा टिमो वर्नर, काइ हावर्टज, थाआगो सिल्भा, बेन चिल्वेल र हकिम जियाचका र रेनेसको गोलकीपर मेन्डी साइन गरेका चेल्सी हाल वेस्ट ह्यामका डिफेन्सिव मिडफील्डर साइन गर्न चाहन्छन् र यो चेल्सीको अन्तिम स्थानान्तरण हुने कुरा थियो तर हाल यो सफल हुन सकेको छैन।

राइसलाई क्लब छोड्न बाट रोक्न वेस्ट ह्यामले उनको मूल्य £८० मिलियन राखेको छ तर चेल्सी अझै उनलाई साइन गर्नबाट पछि हटेका छैनन् र चेल्सीले ५० मिलियनको प्रस्ताव पनि गरेको खबर थियो।

खबर छ कि वेस्ट ह्याम राइसलाई बेच्न चाहँदैनन् ह्यामर्सका कोच मोयेसले राइसलाई आफ्नो योजनामा महत्त्वपूर्ण भूमिका दिने कुरा छ।

तर चेल्सी उनलाई अझै साइन गर्न प्रयास गर्ने खबर छ र आफ्नो खेलाडी एमरसन् पनि प्रस्तावमा समावेश गर्ने चेल्सीको योजना छ।