‘चेल्सी,म्यान सिटी एम्बाप्पे साइन गर्न उत्सुक भए पछि बार्सिलोना पनि गम्भीर हुदै’

२०२०मा काइलियन एम्बाप्पे साइन गर्ने दौड प्रतिस्पर्धी हुन थालेको छ, चेल्सी,म्यान सिटीले पनि उनलाई साइन गर्न चासो देखाए पछि बार्सिलोना पनि दौडमा सामेल हुन गम्भीर हुने संकेत छ।

ओके डायारियोको अनुसार बार्साले ओस्मान डेम्बेले बेच्न तयारी गर्दै छ र उनको ठाउँमा फ्रान्स संगको विश्व कप विजेता एमबाप्पे साइन गर्न चाहन्छ।

पिएसजी स्टार स्ट्राइकर नयाँ सम्झौताको वार्तामा छन्, तर अझै यो सिजन अन्त्यमा उनले क्लब छोड्ने अपेक्षा गरिएको छ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनलाई साइन गर्न प्राथमिकता दिएका छन्, तर एम्बाप्पे भने युभेन्टस, चेल्सी, म्यानचेस्टर सिटी र लिभरपूलहरु संग पनि सम्पर्कमा रहेका छन्।

खबर छ बार्साले एन्टोइन ग्रिजम्यान, डेम्बेले र € १२० मिलियनमा एम्बाप्पे साइन गर्ने प्रस्ताव तयार गर्ने छन्।

पिएसजीले हाल उनको मूल्य €३०० मिलियन रहेको बताएको छ।