चेल्सीमा तलब कट्टा नगरिने

चेल्सीले शनिबार आफ्नो पहिलो रोजाइको टिमका खेलाडीको तलब कट्टा नगर्ने जनाएको छ । कोरोना भाइरस संक्रमणको महामारीबीच खर्च कम गर्न खेलाडीको तलब काट्ने क्रमलाई चेल्सीले उपयुक्त मानेन ।

तर इंग्लिस प्रिमियर लिग क्लबले भने आफ्ना खेलाडीलाई पारिश्रमिकको निश्चित भाग भने महामारीका बेला च्यारिटीका लागि प्रदान गर्न अनुराध गरेको छ । यसअघि क्लबले खेलाडीको १० प्रतिशत तलब काट्नेबारे छलफल भने गरेको थियो ।

अर्को प्रिमियर लिग क्लब एस्टन भिल्लाले भने शनिबार नै आफ्ना पहिलो रोजाइका खेलाडी र व्यवस्थापनका कर्मचारीको २५ प्रतिशत तलब काट्ने निर्णय गरेको छ ।

लिगमा राम्रो प्रदर्शन गर्न संघर्षरत भिल्लाले आफ्ना तल्लो स्तरका कुनै पनि कर्मचारीको तलब नकाट्ने, बिदामा पनि नराख्ने र सरकारी सहयोग पनि नलिने जनाएको छ ।

@Kantipur