चेल्सीमाथी वेस्टह्यामको रोमान्चक जित

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिवार भएको खेलमा चेल्सी पराजित भएको छ ।

वेस्टह्याम युनाइटेडबिरुद्ध लन्डन डर्बी खेलमा चेल्सी ३-२ ले पराजित भएको हो ।

सुरुवाती अग्रता लिएको चेल्सीले खेलको अन्तिम समय तिर गोल खादै हार्न पुगेको हो ।

खेलको २९ औं मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएको थियो ।

४० औं मिनेटमा वेस्टह्यामका लान्जिनीले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्यायो ।

४४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई हाफ टाइम अगाडि २-१ को अग्रता दिलाए ।

५६ औं मिनेटमा वेस्टह्यामका बोवेनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

खेलको ८७ औं मिनेटमा मासुअकुले गोल गर्दै वेस्टह्यामलाई पुनरागमन जित दिलाउन सफल भयो ।

जितसंगै वेस्टह्याम चौथो स्थानमा उक्लिएको छ भने चेल्सी हाल शीर्ष स्थान मै रहेको छ ।