चेल्सीबिरुद्धको महत्वपूर्ण खेल लिभरपुलका प्रशिक्षक क्लोपले गुमाउने

लिभरपुलका फुटबल क्लबका मुख्य प्रशिक्षक योर्गेन क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् ।

कोभिड-१९ को संक्रमण भएपछि क्लोपले चेल्सीविरुद्ध खेल गुमाउने भएका हुन् ।

लिभरपुलले क्लोपलाई कोभिड पुष्टि भएको जनाएको छ ।

कोभिड संक्रमण भएपछि क्लोप सेल्फ आईसोलेसनमा बसेका छन् ।

लिभरपुलले आइतबार चेल्सीसँग उसैको मैदानमा खेल्नेछ ।