चेल्सीको £१०० मिलियनको प्रस्ताव युभेन्टसद्वारा असिकार

सिरी ए क्लब युभेन्टसले आफ्नो स्टार विंगर फेडरिको चिएसालाई नबेच्ने कुरा स्पष्ट गरेको छ। इटालियन स्टार विंगर फेडरिको चिएसाको खेल युरो २०२०मा निकै राम्रो रहेको थियो जसको कारण उनी माथि धेरै क्लबहरूको नजर रहेको थियो तर युभेन्टसले उनलाई नबेच्ने भनेर कडा प्रतिक्रिया देखाएको छ।

फेडरिको चिएसा माथि प्रिमियर लिग क्लबहरूबाट धेरै चासो रहेको थियो जसमा म्यान सिटी र चेल्सीको ठुलो प्रयास रहेको छ। खबर अनुसार चेल्सी र सिटी उनलाई साइन गर्न धेरै इच्छुक रहेको छ तर युभेले उनलाई नबेच्नेमा दृढ रहने छ।

हाल रिपोर्ट अनुसार चेल्सीले उनको लागि £१०० मिलियनको ठुलो प्रस्ताव गरेको थियो जुन युभेन्टसले असिकार गरेको जानकारी छ।

आउँदो सिजन फेडरिको चिएसा युभेको एक महत्त्वपूर्ण खेलाडी हुने छन् र उनलाई क्लबमै राख्न युभेन्टसले सबै प्रयास गर्ने खबर छ । फेडरिको चिएसा ’bout कुनै प्रस्ताव युभेन्टसले नसुन्ने खबर हुँदा म्यान सिटीले भने उनलाई साइन गर्न प्रयास गर्न सक्ने चर्चा छ।