चेल्सीको स्टार विंगर साइन गर्न प्रयास गर्दै बायर्न म्युनिख

बायर्न म्युनिख चेल्सीका विंगर साइन गर्न इच्छुक रहेका छन् र ट्रान्सफर विन्डो अन्त्य हुनु अघि उनलाई साइन गर्न चाहन्छन्। खबर अनुसार बायर्न चेल्सीका क्यालम हडसन ओडोई साइन गर्न चाहन्छन् र आफ्नो प्रयास तिब्र बनाउने क्रममा छन्।

बायर्न म्युनिखले चेल्सीसँग उक्त विंगरको लागि सम्पर्क राखेको छ र उनलाई साइन गर्ने बारे बायर्न निकै सकारात्मक रहेका छन्।

१९ वर्षका विनाग्रले गत सेप्टेम्बरमा मात्र चेल्सी संग नयाँ ५ वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए तर उनले खेल समय पाउन सकेका छैनन् बायर्न ले पछिलो दुई विन्डोमा पनि उनलाई साइन गर्न प्रयास गरेको थियो।

हाल युवा विंगरको चेल्सीमा खेल अभावले सचेत हुदै बायर्न फेरी उनलाई साइन गर्न प्रयास गर्दै गरेको कुरा छ ।

उनलाई साइन गर्ने बारे छलफल हुदै गरेको छ र उनलाई लोनमा मात्र साइन गरेर पछि उक्त डिल स्थायी बनाउने पनि बायर्नको योजनामा रहेको छ।