ला लिगा क्लब रियल म्याड्रिडले आफ्नो स्टार स्ट्राइकर गुमाउने भए पक्का भए सँगै रियल नयाँ फोवार्डको खोजीमा रहेको छ भने हाल रिपोर्ट अनुसार चेल्सीका जर्मन फोवार्ड काई हावर्ट्ज साइन गर्ने प्रयासमा रियल म्याड्रिड रहेको छ।
जर्मन फोवार्ड काई हाभर्ट्ज साइन गर्न रियल म्याड्रिड इच्छुक रहेको र हाभर्ट्ज रियलका कोच कार्लो एन्सेलोटीको लागि शीर्ष प्राथमिकता बनेको तर चेल्सी र रियल बिच कुनै प्रत्यक्ष सम्पर्क हाल सम्म नभएको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले रिपोर्ट गरेका छन्।
Real Madrid want Kai Havertz, he’s a top target for Carlo Ancelotti but there’s still no direct contact between the clubs. 🚨⚪️ #RealMadrid
Chelsea are open to selling Havertz but they want important money. Talks are expected to take place soon. pic.twitter.com/6FiEs4VaV2
— Fabrizio Romano (@FabrizioRomano) June 4, 2023
२३ वर्षीय जर्मन फोवार्डलाई बेच्न प्रिमियर लिग क्लब चेल्सी पनि इच्छुक हुने जानकारी रहेको छ र दुई क्लब बिच उनको ट्रान्सफरको लागि चाडै वार्ता हुने अपेक्षा गरिएको जानकारी रोमानोले दिएका छन्।
२०२०मा चेल्सी आएका काई हावर्ट्ज पनि चेल्सी छोड्न तयार हुने जानकारी रहेको छ। ८० मिलियन युरोमा बायर्न लिभरकुसेनबाट चेल्सी आएका जर्मन फोवार्डले प्रिमियर लिगमा सोचे अनुरूप खेल्न सकेका छैनन् भने उनी चेल्सीमा फ्लप भएको पनि धेरैको विश्वास रहेको छ।
Real Madrid have concrete interest in Kai Havertz. He’s one of the players in the list, really appreciated by Ancelotti. 🚨⚪️ #RealMadrid
Understand Chelsea are open to discuss Havertz exit but they want important fee, no way for loan & similar.
🎥 More: https://t.co/pSeY4U3CDu pic.twitter.com/jVwiLNoDVg
— Fabrizio Romano (@FabrizioRomano) June 2, 2023
काई हावर्ट्जको हालको बजार मूल्य ६० मिलियन युरो रहेको छ तर चेल्सीले उनको लागि त्यो भन्दा धेरै मग्न सक्ने रिपोर्टले जनाएको छ।
चेल्सीको लागि १३९ खेल खेलेका हावर्ट्जले ३२ गोल १५ असिस्ट गरेका छन् र चेल्सी सँग उनले १ च्याम्पियन्स लिग, युरोपियन सुपर लिग र फिफा क्लब विश्व कप जितेका छन्।