चेल्सीको लेवान्डोस्की भित्र्याउने योजनामा ठुलो धक्का

एजेन्सी, इङलिस क्लब चेल्सीको यो ट्रान्सफर सिजन जर्मन क्लब बायन म्युनिखका पोलिश स्टार खेलाडी रोबर्ट लेवान्डोस्की भित्र्याउने योजनामा ठुलो धक्का पुगेको छ। रिपोर्टका अनुसार बायन म्युनिखका अध्यक्षले लेवान्डोस्की बिक्रीमा नरहेको भनी प्रष्ट पारेपछि चेल्सीको उक्त योजनामा ठुलो धक्का पुगेको हो।

रिपोर्टका अनुसार जर्मन क्लब बायन म्युनिखका अध्यक्ष हर्बर्ट हाइनरले लेवान्डोस्की थप दुई वर्ष निश्चित रुपले बायनकै खेलाडी रहने दावी गरेका छन्। ३२ वर्षका पोलिश खेलाडी लेवान्डोस्की २०२३ सम्म बायनमा अनुबन्ध छन्। चेल्सीका साथसाथै स्पेनिश क्लब रियल मड्रिडको नजर पनि उनी माथी रहेको भनिएको छ।
३२ वर्षका पोलिस खेलाडी लेवान्डोस्की सन् २०१४ मा बोरुसिया डोर्टमण्डबाट बायन म्युनिखमा अनुबन्धित भएका थिए। बायनमा अनुबन्धित भए देखि उनले क्लबका लागी ३२९ खेलमा २९४ गोल गरेका छन्।