चेल्सीको लुकाकु भित्र्याउने सपना टुट्दै

एजेन्सी, इङलिस क्लब चेल्सीको यो ट्रान्सफर सिजन इन्टर मिलानका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु भित्र्याउने सपनामा ठुलो धाक्का पुगेको छ। लुकाकुले उनी इन्टरमा नै बस्ने भनी प्रतिक्रिया दिए पछि चेल्सीको उक्त सपनामा धक्का पुगेको हो।

उक्त अन्तर्वार्तामा लुकाकुले उनको इन्टरका आगामी प्रशिक्षक सँग सकारात्मक कुरा भएको जानकारी दिएका छन्। उनि २०११ देखि २०१४ सम्म चेल्सीकै खेलाडी थिए। उनि २०११ मा कुल २० मिलियन युरोमा ५ वर्षका लागि चेल्सीमा अनुबन्धित भएता पनि चेल्सीमा रहँदा उनले धेरै समय लोनमा बिताउनु परेको थियो। उनले चेल्सीका लागि १५ खेल मात्र खेलेका थिए जस्मा उनले एक गोल पनि गर्न सफल भएका थिएनन्।
इन्टर मिलानका लागि भने २८ वर्षका लुकाकुले यो सिजन सबै प्रतियोगिताहरुमा ४४ खेलमा ३० गोल गर्न सफल भएका छन्। उक्त ३० गोल मध्ये २४ गोल लुकाकुले सिरि ए मा गरेका थिए जस्को मद्दतले बिगत ९ वर्ष देखि युभेन्टसले जित्दै आएको सिरि ए को उक्त उपाधी यो सिजन इन्टरले जित्न सफल भएको हो।