इङलिस क्लब म्यान्चेस्टर सिटीका स्टार हालाण्डले दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सिटीले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको ४५औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५८औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दा सिटीको अग्रता दोब्बर बन्यो भने ६८औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए ।
७२औं मिनेटमा सेकोउ माराले गोल गर्दै साउथह्याम्पटनलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७५औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।
जितसँगै सिटीले २९ खेलमा ६७ अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ ।
साउथह्याम्पटन २३ अंक जोडेर पुछारमा रहेको छ ।
त्यस्तै चेल्सीले भने वुल्भ्सबिरुद्ध १-० को हार बेहोरेको थियो ।
हालान्ड एक्लैले चेल्सी पुरै टोलिले भन्दा धेरै गोल गर्न सफल भएका छन् । हालान्डले लिगमा ३० गोल गरिसकेका छन् भने चेल्सीले यस सिजन हालसम्म मात्र २९ गोल गरेका छन् ।