चेल्सीको फिजियो संग डिएगो कोस्टाले बक्सिंग खेलेको भिडियो सार्वजनिक

पूर्व चेल्सीका कप्तान जोन टेरीले पूर्व ब्लूजका स्ट्राइकर डिएगो कोस्टाको हास्यास्पद ‘थ्रोब्याक’ बक्सिंग क्लिप पोस्ट गरेका छन्।

२०१४ र २०१७को बीच स्ट्यामफोर्ड ब्रिजमा समय बिताएका स्पेनिश स्ट्राइकर मैदानमा आफ्नो आक्रामक र क्रोधको अन्टिक्सको लागि पनि परिचित थिए।

र सायद अहिलेसम्मको यो उनको रमाईलो र हास्यास्पद क्लिप हुने छ जस्मा कोस्टा चेल्सीका प्रसिद्ध फिजियो बिली म्याकोलोच बिरूद्ध बक्सिंगमा खेल्दै गरेको देखिन्छ।

टेरीले पुष्टि गरे कि उक्त क्लिप २०१५को प्रि-सिजनको दौरान रेकर्ड गरिएको थियो।

चेल्सी फिजियो म्याकोलोच पनि आफ्नो रमाईलो चरित्रको लागि स्ट्यामफोर्ड ब्रिजमा परिचित छन्।

र पुर्व चेल्सी स्ट्राइकर पनि मैदान बाहिर आफ्नो रमाईलो र हास्यास्पद कार्यको लागि प्रसिद्ध छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ