चेल्सीको प्राथमिकता रोबर्ट लेवान्डोस्की

एजेन्सी, इङलिस क्लब चेल्सीको यो ट्रान्सफर सिजन जर्मन क्लब बोरुसिया डोर्टमण्डका युवा स्टार खेलाडी अर्लिङ हालन्ड भित्र्याउने सपनामा ठुलो धक्का पुगे पछि चेल्सीको नजर अर्का जर्मन क्लब बायन म्युनिखका स्टार फर्वार्ड रोबर्ट लेवान्डोस्की माथी परेको छ। रिपोर्टका अनुसार चेल्सी लेवान्डोस्कीका लागि ५० मिलियन पाउन्डको प्रस्ताव गर्ने तयारीमा छन्।

बिगत केही दिन देखि चेल्सीले हालन्ड भित्र्याउन प्रयास गरेता पनि डोर्टमण्डले यो ट्रान्सफर सिजन उनलाई नबेच्ने प्रष्ट पारे पछि लेवान्डोस्की चेल्सीको मुख्य प्राथमिकता हुन पुगेको देखिन्छ। रिपोर्टका अनुसार स्पेनिश क्लब रियल मड्रिडका साथै अन्य क्लबहरु पनि उनलाई भित्र्याउन इच्छुक छन्।
३२ वर्षका पोलिस खेलाडी लेवान्डोस्की सन् २०१४ मा बोरुसिया डोर्टमण्डबाट बायन म्युनिखमा अनुबन्धित भएका थिए। बायनमा अनुबन्धित भए देखि उनले क्लबका लागी ३२९ खेलमा २९४ गोल गरेका छन्।