चेल्सीको प्रशिक्षणको क्रममा खेलाडीहरू बिच झगडा भएको खुलासा

यो हप्ता चेल्सीको लागि केही खराब समय रहेको देखिन्छ शनिवार लिग खेलमा १० खेलाडीमा सीमित चेल्सी रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग ५-२ गोल अन्तरले पराजित भएको थियो भने आइतबार क्लबको प्रशिक्षणको क्रममा खेलाडीहरू बिच झगडा भएको खुलेको छ।

खबर अनुसार प्रशिक्षणको क्रममा क्लब डिफेन्डर एन्टोनियो रुडिगर र गोलकिपर केपा बिच विवाद भएको थियो।

प्रशिक्षणमा रुडिगरको ट्याकल प्रति केपा खुसी रहेको र दुई बिचको बहस ठुलो झगडामा रूपान्तरण हुन पुगेको जानकारी छ।

दुई बिचको झगडा रोक्न कोच टुचेल अघि बढेको खबर छ भने उनले रुडिगरलाई प्रशिक्षणबाट घर पठाएको खुलेको छ।

रुडिगरले हाल स्पेनिस गोलकिपर सँग माफी मागेको खबर छ भने दुई बिच शत्रुता नरहेको जानकारी छ।

उक्त घटनाको अघि चेल्सी वेस्ट ब्रुमसँग ५-२ले हारेको थियो। उक्त हारसँगै चेल्सीले ३० खेलमा ५१ अङ्क जोडेको छ । चेल्सी लिगको चौथो स्थानमा रहेको छ ।

वेस्ट ब्रुम २१ अङ्क जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।