चेल्सीको नजर हाल्यान्डमा, युनाइटेडले उत्कृष्ट फरवार्ड भित्र्याउने

एर्लिङ हाल्यान्ड हाल युरोपको सबैभन्दा माग गरिएको खेलाडी मध्यमा पदर्छ। त्येस्तै युनाईटेडले एभर्टनको फरवार्ड दोमिनिक क्याल्भन लेविनमाथि आँखा लगाएको छ।

९० मिनका अनुसार चेल्सी हाल्यान्डको हस्ताक्षरको दौडमा लागेको जनाएका छन। त्येस्तै म्यान्चेस्टर सिटि, युनाईटेड र रियल म्याड्रिड पनि नर्वेका अन्तर्राष्ट्रिय खेलाडीलाई आफ्नो क्लब भित्राउन चाहेका छन।

हाल्यान्डले डोर्ट्मुन्डको लागि ३२ खेलमा ३३ गोल गरेका छन। उनी २०२० जानवारीमा साल्स्बर्गबाट डोर्ट्मुन्ड तर्फ लागेका थिए।

त्येस्तै म्यान्चेस्टर युनाईटेडले हाल्यान्डलाइ अनुबन्धित गर्न नसकिने खबर मिररमा लेखिएको छ। हाल्यान्डको एजेन्ट मिनो रेओलासंग युनाईटेडको सम्बन्ध चिसीएकाले युनाईटेडको आखा क्याल्भर्त लेविन माथी गएको हो।