चेल्सीको नजर स्टार डिफेन्डरमा

प्रिमियर लिग क्लब चेल्सी नयाँ सेन्टर ब्याक साइन गर्न इच्छुक रहेको खबर छ। नयाँ सेन्टर ब्याक साइन गर्न चेल्सीको योजना रहेको र भिल्लारियलका स्टार डिफेन्डर पाउ टोरेसमा चेल्सीको नजर रहेको जानकारी छ। चेल्सीले आफ्नो स्टार डिफेन्डर एन्टोनियो रुडिगरलाई फ्री एजेन्टको रुपमा गुमाउन सक्ने सम्भावना हुँदा चेल्सीको नजर स्टार स्पेनिस डिफेन्डरमा रहेको खबर छ।

उनको लागि भिल्लारियलले €६५ मिलियन मग्न सक्ने सक्ने कुरा छ र उनलाई साइन गर्ने चेल्सीले कडा प्रतिस्पर्धाको सामना गर्न पर्ने हुन सक्ने छ- खबर अनुसार स्पेनिस स्टार डिफेन्डरमा अन्य प्रिमियर लिग क्लबहरूको पनि नजर रहेको छ जसमा सिटीको नाम अगाडी रहेको छ।

२४ वर्षका डिफेन्डरको प्रदर्शन राम्रो रहेको छ भने उनले क्लबको डिफेन्स अझै कडा गर्न सक्ने चेल्सीका कोच टुचेलको विश्वास रहेको छ।

 

टोरेस चेल्सीमा रुडिगरको विकल्प बन्न सक्ने छन्। हाल चेल्सी रुडिगर सँग सम्झौता विस्तार गर्न असफल रहेको छ भने टोरेसलाई साइन गर्ने अर्को ट्रान्सफर विन्डोमा चेल्सीको मुख्य योजना हुने रिपोर्ट छ।