चेल्सीको ध्यान अब हालन्डको विकल्प तिर

LONDON, ENGLAND - OCTOBER 03: Timo Werner and Jorginho discuss who should take Chelsea's first penalty during the Premier League match between Chelsea and Crystal Palace at Stamford Bridge on October 03, 2020 in London, England. Sporting stadiums around the UK remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Visionhaus)

जर्मन क्लब बोरुसिया डोर्ट्मण्डले आफ्नो युवा स्टार खेलाडी अर्लिङ हालन्डका लागि चेल्सीले गरेको प्रस्तावलाई अस्वीकार गरे पछि चेल्सीले आफ्नो ध्यान अर्को खेलाडी तिर्न गर्नु पर्ने भएको छ। रिपोर्टका अनुसार चेल्सीले हालन्डका लागि आफ्ना खेलाडी ज्यामी अब्राहम वा क्यालम हड्सन ओडोइ सहितको प्रस्तावलाई डोर्ट्मण्डले अस्वीकार गरेका छन् र चेल्सीको ध्यान अब हालन्डको विकल्प तिर हुने जानकारी छ।

गत सिजनको अन्त्य पछि चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको थियो भने चेल्सीको मुख्य प्राथमिकता डोर्ट्मण्डका युवा स्टार अर्लिङ हालन्ड रहेको थियो भने चेल्सीले उनलाई साइन गर्न प्रस्ताव पठाए पनि सो कुरा सफल हुन सकेको छैन र हालन्ड भित्राउन यो ट्रान्सफर विन्डो चेल्सी असफल हुने देखा परे पछि चेल्सीले आफ्नो ध्यान अर्को तिर लगेको खबर छ र हाल चेल्सीको नजर बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की माथि रहेको चर्चा छ।

नयाँ स्ट्राइकरको खोजीमा रहेको चेल्सी लिगको नयाँ सिजन स्ट्राइकर बिना सुरु गर्न चाहँदैन र अर्लिङ हालाण्ड र ह्यारी केनलाई आफ्नो प्राथमिकता बनाए पनि दुवै खेलाडीको लागि चेल्सीको वार्ता प्रगति नहुँदा चेल्सी आफ्नो नजर बायर्न म्युनिखका स्टार माथि राखेको छ।

बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ भने उनको एजेन्टले उनी नयाँ क्लबमा जान खुल्ला रहेको बताए पछि धेरै क्लबहरूले उनी माथि आफ्नो नजर राख्न सुरु गरेको थियो जसमा चेल्सी पनि रहेको छ।