चेल्सीको ट्यामी अब्राहम प्रयोग गरि नयाँ खेलाडी भित्र्याउने योजना

एजेन्सी, इङ्लिस क्लब चेल्सीले वेस्ट ह्यामका खेलाडी डेक्लन राईस भित्र्याउन नयाँ रणनीति अपनाउन सक्ने देखिएको छ। रिपोर्ट अनुसार चेल्सी डेक्लन राईस भित्र्याउने सम्झौतामा आफ्नो युवा फर्वार्ड ट्यामी अब्राहमलाई सम्मीलित गरि डेक्लन राईस भित्र्याउन चाहान्छ ।

वेस्ट ह्याम पनि ट्यामी अब्राहम भित्र्याउन इच्छुक भएता पनि वेस्ट ह्यामलाई यो सम्झौता मान्य हुने नहुने कुरा भने शंकास्पद नै छ। रिपोर्टका अनुसार २२ वर्षका डेक्लन राईसको मुल्य करिब ९० मिलियन पाउन्ड रहेको आंकलन गरिएको छ। रिपोर्टका अनुसार वेस्ट ह्यामका प्रशिक्षक डेविड मोएस ट्यामी अब्राहम भित्र्याउन इच्छुक भएता पनि ट्यामी अब्राहम भित्र्याउन ४० मिलियन पाउन्ड तिर्न वेस्ट ह्यामलाई सम्भव नहुने कुरा उन्ले जनाई सकेका छन्।
२३ वर्षका युवा खेलाडी अब्राहमले यो सिजन सबै प्रतियोगिताहरुमा चेल्सीका लागि १२ गोल गरि सकेका छन्। उन्ले चेल्सीका लागि कुल ८२ खेलमा ३० गोल गरेका छन्। चेल्सीका नयाँ प्रशिक्षक थोमस टुशलले कार्यभार सम्हाले देखि उन्ले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्।