चेल्सीको घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडको रोमान्चक जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित दर्ता गरेको छ । सोमबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–० गोलले हराएको हो ।

चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र ह्यारी मागुइरेले समान एक–एक गोल गरे ।

खेलको ४५औं मिनेटमा मार्सियलको गोलमा युनाइटेडले अग्रता बनाएको थियो ।

यस्तै खेलको ६६औं मिनेटमा मागुइरेले गोल गर्दै युनाइटेडलाई २–० गोलले जिताए ।

जितसँगै युनाइटेड सातौं स्थानमा उक्लिएको छ ।

युनाइटेडले ३८ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको हो । यता, चौथो स्थानको चेल्सीसँग ४१ अंक छ ।