चेल्सीको खेलाडी माथी रियल मड्रिडको नजर

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडको नजर इङलिस क्लब चेल्सीको खेलाडी माथी परेको छ। रिपोर्टका अनुसार चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर माथी रियल मड्रिडको नजर पर्न गएको हो।

रियल मड्रिडले यस ट्रान्सफर सिजन आफ्ना दुई स्टार डिफेन्डर सर्जियो रामोस र राफायल भरान गुमाएकाले क्लबको नजर रुडिगर माथी पर्न गएको देखिन्छ। रुडिगर अर्को सिजन सम्मका लागि मात्र चेल्सीमा अनुबन्ध छन् र त्यसपछी उनी फ्री ट्रान्सफरमा अर्को क्लबमा अनुबन्ध हुन सक्नेछन्।
२८ वर्षका जर्मन डिफेन्डर रुडिगर २०१७ मा इटालियन क्लब रोमाबाट करिब २९ मिलियन पाउन्डमा चेल्सीमा अनुबन्धित भएका थिए। उनले चेल्सीका लागि १५० खेल खेल्नुका साथै आफ्नो राष्ट्रिय टोलिका लागि पनि ४५ खेल खेली सकेका छन्।