चेल्सीको खेलाडी भित्र्याउन ए.सी मिलान इच्छुक

एजेन्सी, इङलिस क्लब चेल्सीका खेलाडी हकिम जिएच भित्र्याउन इटालियन क्लब ए.सी मिलान इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार जिएचको मूल्य उच्च हुने भएकाले ए.सी मिलान उनलाई लोनमा भित्र्याउन चाहन्छन्।

२८ वर्षका मोरक्कन खेलाडी जिएच गत वर्ष करिब ३६.७ मिलियन पाउन्डमा डच क्लब आयाक्सबाट चेल्सीमा अनुबन्ध भएका थिए। चेल्सीमा अनुबन्ध भए देखि उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्। उनले सबै प्रतिस्पर्धाहरुमा चेल्सीका लागि ३९ खेल खेलेका छन् जस्मा उनले ६ गोल गर्न सफल पनि भएका छन्।
इङलिस क्लब चेल्सीको इटालियन क्लब ए.सी मिलानसँग राम्रो सम्बन्ध रहेको भनिएको छ। हालै ए.सी मिलान र चेल्सी बिच करिब २ मिलियन पाउन्डमा चेल्सीका फर्वार्ड ओलिभिएर जिरुड भित्र्याउने सम्झौता भएको थियो।