“चेल्सीको कोच बन्नु गार्हो छैन”- जोसे मोरिन्हो

स्पर्सका कोच जोसे मोरिन्होको दाबी छ कि पूर्व क्लब चेल्सीमा प्रशिक्षकको काम गर्न “गाह्रो” छैन।

फ्रयान्क लाम्पार्ड बर्खास्त भए पछि टुचेल चेल्सीको नयाँ कोचको रूपमा आएका छन् र सो बारे लक्षित गर्दै पूर्व चेल्सी कोच जोसे मोरिन्होले चेल्सीको कोच बन्नु गाह्रो नरहेको बताए।

स्पर्सले बिहीबार राती लिग खेलमा चेल्सीको सामना गर्ने छ र खेल अगाडीको पत्रकार सम्मेलनमा उनले सो दाबी गरे।

“मलाई लाग्दैन कि चेल्सीको प्रशिक्षक हुन धेरै गाह्रो छ” ५८ वर्षीय पूर्व म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र इन्टर मिलान कोचले भने।

“चेल्सीमा म तीन पटक च्याम्पियन भए, [कार्लो] एन्सेलोटी च्याम्पियन भए , एन्टोनियो कोन्टे पनि च्याम्पियन भए। यो धेरै गाह्रो हुन सक्दैन किनकि हामीले त्यहाँ उपाधि जितेका छौँ।”

“चेल्सीसँग जहिले पनि उत्कृष्ट खेलाडीहरू र उत्कृष्ट टिम हुन्छ र राम्रो प्रशिक्षक यी क्लबहरूसँग काम गर्न पाउँदा खुसी हुन्छन्,” उनले भने।