चेल्सीको अनुरोध प्रेमियर लिगद्वारा अस्विकार

एजेन्सी, इङलिस क्लब चेल्सीले आफ्नो खेल स्थगित गर्न गरेको अनुरोध प्रेमियर लिगले अस्विकार गरेका छन्। रिपोर्टका अनुसार आफ्नाका खेलाडीहरु कोभिड -१९ पोजिटिभ देखिएकाले खेल स्थगित गर्न गरेको अनुरोध प्रेमियर लिगले अस्विकार गरेका हुन्।

चेल्सीसँग अझै पर्याप्त स्वास्थ खेलाडीहरु रहेकाले उक्त अनुरोध प्रेमियर लिगले अस्विकार गरेको भनिएको छ। हालै अरु प्रेमियर लिगका खेलहरु स्थगित भएता पनि चेल्सी र एभर्टन बिचको खेल भने स्थगित गरिएको थिएन।