चेल्सीका स्ट्राइकर साइन गर्दै एसी मिलान

Soccer Football - Premier League - Wolverhampton Wanderers v Chelsea - Molineux Stadium, Wolverhampton, Britain - December 15, 2020 Chelsea's Olivier Giroud celebrates scoring their first goal with teammates Pool via REUTERS/Rui Vieira EDITORIAL USE ONLY. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 75 images, no video emulation. No use in betting, games or single club /league/player publications. Please contact your account representative for further details.

सिरी ए क्लब एसी मिलान चेल्सीका स्टार स्ट्राइकर जिरूडलाई साइन गर्न नजिक रहेको खबर छ। हाल मिलानको मुख्य प्राथमिकता स्टार स्ट्राइकर जिरूड रहेको जानकारी छ भने उनलाई साइन गर्न मिलान धेरै नजिक रहेको खबर छ।

खबर अनुसार एसी मिलान र जिरूड बिच व्यक्तिगत सम्झौतामा पनि सहमति भएको छ। एसी मिलानले उनको लागि २०२३ सम्मको सम्झौतामा प्रस्ताव गरेको खबर छ जसलाई जिरूडले स्वीकार गरेका छन्।

हाल एसी मिलान र चेल्सी बिच भने कुनै सम्झौता भएको छैन। जिरूड क्लब छोड्न इच्छुक रहेका छन् भने तुचेलको आगमन पछि उनले क्लबमा धेरै मौका पाएका छैनन् र चेल्सी पनि नयाँ स्ट्राइकरको खोजीमा रहेको छ।

एसी मिलानको नजर हाकीम ज़ियाच र बाकायोकोमा पनि रहेको खबर छ तर उक्त खेलाडीहरूको लागि अहिले सम्म मिलानले कुरा अगाडी नबढाएको खबर छ।

चेल्सी आफ्नो खेलाडीहरूलाई बेच्न खुल्ला हुने खबर छ तर खेलाडीको मूल्य चेल्सीले नघटाउने जानकारी छ।