चेल्सीका फर्वार्डले लम्ब्याए सम्झौता

एजेन्सी, इङलिस क्लब चेल्सीका बेल्जियन स्ट्राइकर मिच्ची बाट्सुवायीले आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी अब २०२३ सम्मका लागि चेल्सीमा अनुबन्धित छन्।

चेल्सीमा अनुबन्धित भएता पनि रिपोर्टका अनुसार उनी एक सिजनका लागि लोनमा टर्किस क्लब बेसिक्टासमा अनुबन्धित हुनेछन्। उनी २०१६ मा करिब ४० मिलियन युरोमा चेल्सीमा अनुबन्धित भएका थिए। उनी फ्रेन्च क्लब मार्सलबाट चेल्सीमा अनुबन्धित भएका हुन्। चेल्सीमा अनुबन्धित भए देखि उनले पर्याप्त खेल समय भने पाउन सकेका छैनन्।
२७ वर्षका बेल्जियन स्ट्राइकर बाट्सुवायीले चेल्सीका लागि ७७ खेल खेल्नुका साथै २५ गोल गर्न सफल पनि भइसकेका छन्।आफ्नो राष्ट्रिय टोलिका लागि भने उनले ३५ खेलमा २२ गोल गर्न सफल भएका छन्।