चेल्सीका स्टार मिडफिल्डरले क्लब छोड्न सक्ने- रियल म्याड्रिड र युभेन्टसले चासो देखाउँदै

चेल्सीका मिडफिल्डरले क्लब छोड्न सक्ने खबर छ र उनि कथित रूपमा रियल मैड्रिडमा जान चाहन्छन्।

विश्वको सर्वश्रेष्ठ मिडफिल्डर मध्ये एकको रूपमा परिचित फ्रान्सेली स्टार एनगोलो कान्टेले यस सिजनमा ब्लुजका लागि १८ खेलमा तीनवटा गोल गरेका छन्।

खबर अनुसार एनगोलो कान्टे नयाँ चुनौतीको खोजिमा छन् र उनी रियल म्याड्रिडमा जान चाहन्छन् र बायर्न म्युनिक र युभेन्टसले पनि उनलाई साइन गर्न चासो देखाउँदै गरेको छ।

उक्त रिपोर्टले यो पनि दाबी गरेको छ कि लस ब्ल्यान्कोसले उनलाई साइन गर्न £१०० मिलियन भन्दा बढी तिर्नु पर्नेछ र क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज सो मात्राको रकम खर्च गर्न उत्सुक छैनन् र क्लबको मिडफील्डमा प्रतिभा रहेको उनको सोच रहेको छ।

कान्टेले चेल्सी संग राम्रो गरेका छन्, उनले क्लबबाट प्रिमियर लिगको उपाधि, एफए कप र एक यूरोपा लिग जिते। २८ बर्षेका डिफेंसिव मिडफिल्डरले चेल्सीको लागि १६० खेलमा ११ गोल र ७ अस्सिस्त गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ