चेल्सीका स्टार माथि बायर्नको नजर

चेल्सीका स्टार स्ट्राइकर टिमो वर्नर माथि जर्मन क्लब बायर्न म्युनिखको नजर रहेको खबर छ। चेल्सी हाल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र सो क्रममा चेल्सी आफ्नो स्टार स्ट्राइकर वर्नरलाई बेच्न तयार हुने चर्चा हुँदा बायर्न म्युनिखको नजर उनी माथि रहेको चर्चा छ।

बायर्नका स्टार स्ट्राइकर रोबर्ट लेवन्डोव्स्की क्लब छोड्न इच्छुक रहेको धेरै चर्चा हुँदै गर्दा बायर्नले वर्नरलाई उनको विकल्पको रुपमा हेर्ने खबर छ।

बायर्नका नयाँ कोच जुलियन नागेल्सम्यान टिमो वर्नर सँग फेरी काम गर्न इच्छुक रहेका छन्। वर्नर चेल्सी जानु अगि आरबी लाइपजिगमा थिए र त्यो समय जुलियन नागेल्सम्यान लाइपजिगका कोच थिए भने हाल उनी वर्नर सँग बायर्नमा पुनर्मिलन गर्न इच्छुक छन्।

टिमो वर्नर पनि जर्मन लिगमा फर्किन इच्छुक रहेका छन्। चेल्सी सँग प्रिमियर लिगमा उनको सोचेको अनुरूप खेल हुन सकेको छैन र उनको खेलको धेरै आलोचना पनि हुने गरेको छ।