चेल्सीका स्टार जर्मन खेलाडी फ्रीमा भित्र्याउन रियल नजिक

इङलिस क्लब चेल्सीका जर्मन डिफेन्डर एन्टोनियो रुडिगर भित्र्याउन रियल म्याड्रिड निकै नजिक रहेको छ ।

जर्मन राष्ट्रिय टोलिका महत्त्वपूर्ण सदस्य रुडिगर २०१७ मा रोमाबाट चेल्सी आए देखी निकै बलियो प्रस्तुति दिदै आइरहेका छन् । त्यस् माथी जर्मन प्रशिक्षक टुचेल चेल्सीमा नियुक्त भए देखी उनको प्रदर्शन झनै निखारिएको छ ।

रुडिगर नयाँ चुनौतीको खोजीमा रहेको र चेल्सीको नयाँ सम्झौतामा हस्ताक्षर नगरी अरु विकल्प खोजी रहेको छ ।

उनको चेल्सीसंगको सम्झौता २०२२ जुन ३० मा समाप्त हुनेछ र २०२२ जनवरी देखी उनले अरु क्लबहरुसंग प्री-कन्ट्याक्ट् अयाग्रीमेन्ट गर्न मिल्नेछ ।