युभेन्टस चेल्सीका स्टार हाकिम जियाच साइन गर्न इच्छुक रहेको खबर छ। मोरोकाका स्टारको आयाक्समा निकै राम्रो प्रदर्शन रहेको थियो र उनलाई पछिल्लो गर्मीको विन्डोमा चेल्सीले साइन गरेको थियो।
Chelsea star Hakim Ziyech is being targeted by AC Milan and Juventus in transfer as Thomas Tuchel warns he must adapt to Premier League pic.twitter.com/iclso6uKLX
— The Sun Football ⚽ (@TheSunFootball) February 13, 2021
चेल्सीमा उनले सोचेको जस्तो खेल्न सकेका छैनन् भने उनको खेलमा चोटले पनि असर गरेको थियो। हाल चेल्सीका नयाँ कोच टुचेलले उनलाई धेरै प्रयोग नगर्न सक्ने चर्चा हुँदै गर्दा युभेले उनी माथि निगरानी राख्दै गरेको खबर छ।
खबर अनुसार चेल्सी हाकिम जियाचलाई लोनमा पठाउन इच्छुक हुन सक्ने छन् भने युभेन्टसले उनलाई लोनमा भए पनि साइन गर्ने कुरा छ।
Juventus and AC Milan ‘keep tabs on Chelsea winger Hakim Ziyech’ https://t.co/hWd2EbwTs7
— MailOnline Sport (@MailSport) February 12, 2021
आउँदो गर्मीको विन्डोमा युभेन्टसले उनलाई लोनमा भित्राउन प्रयास गर्ने छ भने एसी मिलान पनि उनलाई भित्राउन इच्छुक रहेको खबर छ।
चेल्सी संग १९ खेलमा उनको २ गोल र ४ असिस्ट रहेको छ।