फ्रेन्च लिग वान क्लब पिएसजी चेल्सीका स्टार मिडफिल्डर एन’गोलो कान्टेलाई साइन गर्न इच्छुक रहेको रिपोर्ट छ।
TRUE✅ @PSG_inside is interested in N’Golo Kanté (31). Kanté can leave @ChelseaFC as a free agent in summer pic.twitter.com/e1mq3IfnX9
— Christian Falk (@cfbayern) November 9, 2022
हाल चोटको कारण मैदान बाहिर रहेका एन’गोलो कान्टेले चेल्सी छोड्न सक्ने ठुलो सम्भावना रहेको बेला धेरै क्लबहरूको नजर उनको अवस्थामा रहेको छ भने पिएसजी पनि उक्त क्लबहरू मध्ये एक रहेको जानकारी छ।
२०१५ लेस्टर सिटीमा आबद्ध भएदेखि कान्टे प्रिमियर लिगको उत्कृष्ट मिडफिल्डरहरू मध्ये एक रहेका छन् भने चेल्सीमा पनि उनी एक महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित भएका छन् तर चेल्सी सँग उनको सम्झौता २०२३मा अन्त्य हुने छ भने दुइ बीच सम्झौता विस्तार हुन नसक्दा कान्टेले चेल्सी छोड्न सक्ने ठुलो सम्भावना रहेको छ।
🚨🚨✅| FC Barcelona have decided that N’Golo Kanté is the ‘chosen one’ to replace Sergio Busquets.@relevo [🎖️]
— Managing Barça (@ManagingBarca) October 28, 2022
हाल उनलाई साइन गर्न पिएसजी इच्छुक रहेको रिपोर्ट छ भने पिएसजी सँगै आर्सनल र बार्सिलोनाको नाम पनि उनी सँग जोडिएको छ।
एन’गोलो कान्टेले हाल सम्म चेल्सीको साथ २६२ खेल खेल्दै १३ गोल र १५ असिस्ट गरेका छन् र उनले चेल्सी सँग लिग, च्याम्पियन्स लिग र युरोपा लिग सहित धेरै उपाधिहरु जितेका छन्।