ला लिगा क्लब बार्सिलोना चेल्सीका स्टार मिडफिल्डर एन’गोलो कान्टेलाई फ्री एजेन्टको रूपमा साइन गर्ने प्रयासमा हुने जानकारी छ।
🚨 Barcelona will target N’Golo Kanté on a free transfer this summer to compensate for the departure of Sergio Busquets.
(Source: @relevo) pic.twitter.com/Q0GuUnzZKN
— Transfer News Live (@DeadlineDayLive) October 29, 2022
एन’गोलो कान्टे र चेल्सी बीचको सम्झौता २०२३को जुन सम्म मात्र रहेको र दुइ बीच हाल सम्म सम्झौता विस्तार नभएको बेला २०२३मा उनी फ्री एजेन्ट हुने छन् र उनलाई साइन गर्न बार्सा धेरै इच्छुक रहेको छ र कान्टेलाई सर्जियो बुस्केट्सको प्रतिस्थापनको रूपमा साइन गर्ने बार्साको योजना रहेको छ।
सर्जियो बुस्केट्सको बार्सा सँगको सम्झौता पनि २०२३मा अन्त्य हुने छ भने उनी सँग बार्साले सम्झौता विस्तार नगर्ने सङ्केत दिएको छ र उनको प्रतिस्थापनको खोजिमा रहेको बार्साको नजर चेल्सीका एन’गोलो कान्टे माथि रहेको छ ।
Barcelona eye Chelsea’s N’Golo Kante as replacement for Sergio Busquets with France star a free transfer next summer https://t.co/CFHgM2MpBg
— Irish Sun Sport (@IrishSunSport) October 30, 2022
एन’गोलो हाल चोटको कारण मैदान बाहिर रहेका छन् भने उनले विश्वकप पनि गुमाउने छन्। लेस्टर सिटी सँग लिग जिते पछि उनलाई चेल्सीले साइन गरेको थियो भने उनी धेरै समय देखि चेल्सीको एक महत्त्वपूर्ण खेलाडीको रूपमा रहेका छन्।
चेल्सीमा हाल सम्म उनले २६२ खेल खेल्दै १३ गोल र १५ असिस्ट गरेका छन् भने चेल्सी सँग उनले लिग उपाधि र च्याम्पियन्स लिग जितेका छन् र फ्रान्स सँग उनले २०१८मा विश्वकप पनि जितेका थिए।