
प्रिमियर लिग क्लब चेल्सीका स्टार खेलाडी रीस जेम्सले आफ्नो घरमा चोरी भएको खुलाएका छन् भने उनको घरबाट च्याम्पियन्स लिगको मेडल चोरी भएको उनले बताएका छन्। गत सिजनको च्याम्पियन्स लिग विजेता पदक सहित एक सेफ चोरी भएको रीस जेम्सले मङ्गलवार पुष्टि गरे।
🚨 BREAKING 🚨
Chelsea and England defender Reece James has revealed his Champions League winners’ medal was stolen during a robbery at his home earlier this week. pic.twitter.com/MSVzB5sFMD
— Football Daily (@footballdaily) September 16, 2021
२१ वर्षका खेलाडीले आफ्नो घरमा भएको चोरीको सिसिटिभी फुटेज सामाजिक संजालमा पोस्ट गरेका छन्। खबर अनुसार च्याम्पियन्स लिग मेडल सहित उक्त सेफमा सुपर कप र युरो कप २०२०को मेडल पनि रहेको थियो।
उनी चेल्सी सँग जेनित विरुद्ध च्याम्पियन्स लिगको खेल खेल्दै गरेको बेला घरमा चोरी भएको खबर छ भने चोरीमा चार व्यक्ति सम्म संलग्न रहेको देखिन्छ।
उक्त चोरीको सिसिटिभी फुटेज इन्स्टाग्राममा पोस्ट गर्दै जेम्सले आफ्नो घरमा भएको चोरी’bout बताएका थिए।
“सेप्टेम्बर २०२१ को १४ तारिख को साँझ जब म च्याम्पियन्स लिगको खेल खेल्दै थिएँ, डरपोक लुटेराहरू को एक समूहले मेरो घर मा प्रवेश गरे,” जेम्स ले लेखे।
The thieves took Reece James’ Champions League winners’ medal, Euro 2020 runner-up medal and Super Cup winner medal.
He released a statement with the footage as he attempts to recapture the priceless medals.https://t.co/VZ9gH6NZ4X pic.twitter.com/usbb5Sop0y
— SPORTbible (@sportbible) September 16, 2021
“उनीहरू सामूहिक रुपमा मेरो कारमा केही व्यक्तिगत सामानहरू सहित एक भारी सेफ उठाउन सफल भए।
“म मेरो घर मा मेरो गहना कहिल्यै राख्दिन त्यसैले सबै सुरक्षित रहे पनि मेरो च्याम्पियन्स लीग विजेता पदक र सुपर कप विजेता पदक र युरो २०२०को उपविजेता पदक चोरी भएको छ।