चेल्सीका स्टार खेलाडीको पारिश्रमिक दोब्बर

एजेन्सी, इङलिस क्लब चेल्सीका युवा स्टार खेलाडी मेसन माउन्टको पारिश्रमिक कम्तीमा पनि दोब्बर हुने सम्भावना प्रबल देखिएको छ।

रिपोर्टका अनुसार माउन्टको पारिश्रमिक हाल हप्ताको करिब ७५,००० पाउन्ड रहेको छ भने उक्त पारिश्रमिक कम्तीमा पनि दोब्बर हुनेछ। माउन्ट पनि चेल्सीमा नै खेल्न इच्छुक रहेको भनिएको छ।
२२ वर्षका इङलिस युवा खेलाडी माउन्ट अझै करिब साढे दुई वर्ष सम्मका लागि चेल्सीमा अनुबन्धित छन्।
रिपोर्टका अनुसार माउन्टको सम्झौता लम्ब्याउन हाल सम्म औपचारिक प्रस्ताव भने गरिएको छैन।