चेल्सीका स्टारले क्लब छोड्न सक्ने

LONDON, ENGLAND - OCTOBER 03: Timo Werner and Jorginho discuss who should take Chelsea's first penalty during the Premier League match between Chelsea and Crystal Palace at Stamford Bridge on October 03, 2020 in London, England. Sporting stadiums around the UK remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Visionhaus)

चेल्सीका स्टार स्ट्राइकर टिमो वार्नरले क्लब छोड्न सक्ने खबर रहेको छ। गत गर्मीको विन्डोमा चेल्सीले जर्मन स्ट्राइकरलाई आरबी लाइपजिगबाट £४५ मिलियनमा साइन गरेको थियो तर उनले प्रिमियर लिग अपेक्षित रूपमा खेल्न सकेका छैनन्

ब्लूजले उनी संग ५ वर्षको सम्झौता गरेको थियो तर खबर अनुसार आउँदो ट्रान्सफर विन्डोमा नै उनले क्लब छोड्न सक्ने छन्। उनी चेल्सीमा सङ्घर्ष गर्दै छन् भने एभर्टन विरुद्ध सोमबार चेल्सीको २-०को जितमा मैदानमा चेल्सीका कोच टुचेल उनको व्यवहारबाट खुसी थिएनन् र मैदानमा रहेको माइकले टुचेलको शब्दहरू रेकर्ड गरेको थियो।

खेलको क्रममा टुचेलले उनलाई भनेको सुन्न सकिन्छ: “टिमो, तिमी कति लामो लेफ्ट बसिरहेको छौ? तिमी दायाँमा खेल्ने खेलाडी हो! अन्तिम १५ मिनेट बाकी छ तिमी केवल बान्यामा छौ ! बुझ्दैनौ? ”

टुचेल सो खेलमा टिमो संग खुसी नरहेको स्पष्ट थियो र टिमोले उनको निर्देशन नमानेको धेरै विश्वास छ। सो घटनाको कारण पनि उनले क्लब छोड्न सक्ने चर्चा बढेको छ।