चेल्सीका स्टारलाई रियलमा भित्राउने कार्लो एन्सेलोटीको योजना

MANCHESTER, ENGLAND - APRIL 22: The club badges of Chelsea and Real Madrid on their first team home shirts ahead of their UEFA Champions League semi final on April 22, 2021 in Manchester, United Kingdom. (Photo by Visionhaus/Getty Images)

ला लिगा क्लब रियल म्याड्रिडका नयाँ कोच कार्लो एन्सेलोटी चेल्सीका स्टार स्ट्राइकर टिमो वर्नरलाई साइन गर्न इच्छुक रहेको खबर छ। स्ट्यामफोर्ड ब्रिजमा जर्मन स्टारको पहिलो सिजन व्यक्तिगत रुपमा धेरै राम्रो रहेन।

आरबी लाइपजिगमा जस्तो उनले चेल्सीमा आफ्नो गोल गर्ने क्रम जारी राख्न सकेनन् भने चेल्सीमा उनको गोलको अभावको धेरै आलोचना र चर्चा भयो। हाल खबर अनुसार रियल म्याड्रिडमा टिमो वर्नर साइन गर्ने जोखिम लिन क्लबका नयाँ कोच कार्लो एन्सेलोटी तयार छन्।

हाल चेल्सी नयाँ स्ट्राइकरको खोजीमा रहेको छ र वर्नरलाई बेच्न चेल्सी तयार हुने खबर हुँदा उनलाई भित्राउने कार्लो एन्सेलोटीको योजना रहेको खबर छ। चेल्सीमा उनको राम्रो फम नरहे पनि स्पेन उनी आफ्नो पुरानो फममा फर्किन सक्ने कार्लो एन्सेलोटी विश्वास छ भने उनी यो जोखिम लिन तयार छन्।

२५ वर्षका स्टार टिमो वर्नर – अहिले युरो २०२०को लागि जर्मनीको टोलीसँग रहेका छन् – चेल्सी सँग उनको सम्झौतामा अझै चार वर्ष बाँकी रहेको छ भने उनले आफ्नो भविष्यबारे निर्णय युरो पछि मात्र गर्ने छन्।