चेल्सीका पूर्व मिडफिल्डर जोन ओ वि मिकेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

चेल्सीका पूर्व मिडफिल्डर एवं नाइजेरिया टिमका कप्तान जोन ओ वि मिकेलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन।

इजिप्टमा भएको अफ्रिकन कपमा नाइजेरियालाई तेश्रो स्थान दिलाउँदै मिकेलले सन्यासको घोषणा गरेका हुन। सुपर इगलको उपमा पाएको नाइजेरिया अन्तिम चारमा अल्जेरियासँग पराजित भएको थियो। तेस्रो प्ले अफमा उस्ले टयुनेसियालाई १-० ले हरायो।

इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै मिकेलले आफ्नो १३ वर्षे अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएको घोषणा गरे। उनले भने, ‘इजिप्ट यस्तो देश हो। जहाँ मैले आफनो राष्ट्रिय करियर सुरु गरे र अन्त्य पनि। सन २००६ मा आफ्नो देशको लागी पहिलो आधिकारिक च्याम्पियनसिपमा सहभागिता जनाए। २०१९ अफ्रिकी कप अफ नेसनमा सुपर इगलको राष्ट्रिय टोलीको लागी अन्तिम च्याम्पियनसिप हो।’ उनले सन २००३ को यु-१७ विश्वकपबाट राष्ट्रिय टोलीबाट फुटबल यात्रा सुरु गरेका थिए। २००५ मा लिविया विरुद्ध अन्तराष्ट्रिय फुटबल डेव्यु गरेका उनले २००६ को अफ्रिकी कपमा नाइजेरियाको दोस्रो खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गर्दै जिम्बाबेविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

नर्वेको डिभिजन ३ को क्बल लिनबाट सिनियर क्लब करियर सुरु गरेका उनले सन २००६ देखि २०१७ सम्म चेल्सीमा विताएका थिए। डिफेन्सिभ मिडफिल्डर मिकेलले चेल्सीबाट २४९ क्याप जित्दै १ गोल गरेका छन।

उनी चेल्सीमा रहँदाको सफलता:-

प्रिमियर लिग: २००९-१० र २०१४-१५

एफए कप: ३ संस्करणको

युइएफए च्याम्पियनसिप: २०११-१२

युरोपा लिग: २०१२-१३