इङ्लिस क्लब चेल्सीले जर्मन कोच टुचेललाई बर्खास्त गर्दै ग्राहम पोटरलाई नियुक्त गरेको थियो भने उनको चेल्सीको प्रदर्शन राम्रो हुन सकेको छैनन् भने पछिल्लो ५ खेलमा चेल्सी जित विहीन रहेको छ र हाल उनलाई बर्खास्त गर्न माग ट्विटरमा ट्रेन्डिङमा रहेको छ।
🔔 | ‘Sack Potter’ is trending on Twitter, Chelsea fans have had enough already https://t.co/wQEii9V7ac
— SPORTbible News (@SportBibleNews) November 12, 2022
प्रिमियर लिगमा शनिवार राति चेल्सीलाई न्युकासल युनाईटेडले १-० ले हराए पछि ग्राहम पोटरको बर्खास्तको माग ट्रेन्डिङमा आएको छ। चेल्सीको यो लगातार तेस्रो हार रहेको छ। यो भन्दा अगाडी चेल्सीले लिगमा आर्सनल सँग र कार्बाओ कपमा सिटी सँग हार बेहोरेको थियो।
चेल्सी पछिल्लो ५ लिग खेलमा जित विहीन रहेको छ। पछिल्लो ५ खेलमा चेल्सीले २ बराबरी र ३ हार बेहोरेको छ भने कार्बाओ कपमा पनि म्यान सिटी बिरुद्ध २-०को हार पछि चेल्सी कपबाट नकआउट भएको थियो ।
चेल्सीको खराब फम र खेल नतिजाहरूबाट चेल्सी फ्यानहरू खुसी छैनन् भने हाल कोचलाई बर्खास्त गर्न माग ट्रेन्डिङमा आउन पुगेको छ जसमा ह्यासत्याग पोटर आउट र स्याक पोटर ट्रेन्डिङमा रहेको छ।
च्याम्पियन्स लिगमा क्रोएसियाको डिनामो जाग्रेबसँग पराजित भएको भोलिपल्ट नै चेल्सीले टुचेललाई बर्खास्त गरे पछि चेल्सीले ग्राहम पोटरलाई नियुक्त गरेको थियो। पोटरले चेल्सी सँग २०२७ सम्मको सम्झौता गरेका छन्।