चेल्सीका डिफेन्डर साइन गर्न रियल म्याड्रिड इच्छुक

MANCHESTER, ENGLAND - APRIL 22: The club badges of Chelsea and Real Madrid on their first team home shirts ahead of their UEFA Champions League semi final on April 22, 2021 in Manchester, United Kingdom. (Photo by Visionhaus/Getty Images)

ला लिगा क्लब रियल म्याड्रिड चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगर साइन गर्न इच्छुक रहेको खबर छ। जर्मन डिफेन्डर आफ्नो अनुबन्ध को अन्तिम वर्ष मा छन् भने, उनको वर्तमान सम्झौता २०२२मा समाप्त हुन्छ र उनी फ्री एजेन्ट हुने छन् र हाल सम्म उनले चेल्सी सँग सम्झौता विस्तार गरेका छैनन्।

जर्मन क्लब बायर्न म्युनिख पनि उनलाई साइन गर्न इच्छुक रहेको चर्चा हुँदै गर्दा रियल पनि उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ र उनलाई फ्री एजेन्टको रुपमा साइन गर्न दुई टिम बिच प्रतिस्पर्धा हुने देखा परेको छ।

रुडिगरले हाल सम्म सम्झौता विस्तार गरेका छैनन् र २०२२को जनवरीमा उनी अन्य क्लबहरू सँग ‘प्रि-अग्रीमेन्ट’ गर्न स्वतन्त्र हुने छन्।

चेल्सी उनलाई क्लबमा राख्न इच्छुक रहे पनि उनी सँग सम्झौता विस्तारको वार्ता भने असफल हुँदै गएको छ। उनलाई क्लबमा राख्ने चेल्सीको योजनामा उनको तलब वृद्धिको माग बाधा बनेको छ। रुडिगर वर्तमान थोमस टुचेलको पाँच-डिफेन्डर फोर्मेशनको एक प्रमुख सदस्य हुन्।