चेल्सीको €१०० मिलियनको प्रस्ताव इन्टरद्वारा अस्वीकार

LONDON, ENGLAND - OCTOBER 03: Timo Werner and Jorginho discuss who should take Chelsea's first penalty during the Premier League match between Chelsea and Crystal Palace at Stamford Bridge on October 03, 2020 in London, England. Sporting stadiums around the UK remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Visionhaus)

नयाँ स्ट्राइकरको खोजीमा रहेको च्याम्पियन्स लिग विजेता चेल्सीको सबै प्रयास विफल हुँदै गएको छ- हालै चेल्सीले आफ्नो पूर्व खेलाडी रोमेलु लुकाकुको लागि गरेको प्रस्ताव इन्टर मिलानले अस्वीकार गरेको छ। उनलाई साइन गर्न चेल्सीले €१०० मिलियन र आफ्नो खेलाडी मार्कोस अलोन्सोको प्रस्ताव इन्टरलाई पठाएको थियो जुन इन्टरले अस्वीकार गरेको जानकारी छ।

यो विन्डोमा अर्लिङ हालाण्ड भित्राउने चेल्सीको लक्ष्य रहे पनि हाल उक्त ट्रान्सफर असफल हुने देखा परे पछि चेल्सीले आफ्नो नजर इन्टरका स्टार स्ट्राइकर रोमेलु लुकाकु राखेको थियो तर सो ट्रान्सफर पनि विफल हुने देखा परेको छ।

नयाँ कोच थोमास टुचेलको नेतृत्वमा चेल्सीमा स्ट्राइकरको कमी देखा परेको छ र सो कुरालाई ठिक गर्न चेल्सीले अर्लिङ हालाण्डलाई साइन गर्ने योजना बनाएको थियो तर चेल्सीको प्रस्ताव डर्टमण्ड अस्वीकार गर्दै आएको छ भने हाल इन्टरले पनि लुकाकुलाई नबेच्ने कुरा स्पष्ट गरे पछि चेल्सी धेरै गाह्रो अवस्थामा रहेको छ ।

नयाँ स्ट्राइकरको खोजीमा रहेको चेल्सीले केही खेलाडीको सुची तयार गरेको थियो जसमा अर्लिङ हालाण्ड, ह्यारी केन, रोबर्ट लेवान्डोस्की र लुकाकु जस्ता खेलाडीहरूको नाम रहेको थियो भने हाल अब चेल्सीले ह्यारी केनको लागि प्रयास गर्न सक्ने जानकारी छ।

इन्टर मिलानमा लुकाकुको निकै राम्रो प्रदर्शन रहेको थियो भाने उनको मद्दतमा इन्टरले लिग पनि जितेको थियो।