चाइनिज ताइपेई बिरुद्ध नेपाल खेल्दै – खेल कति बजे? कता हुदै र कसरी हेर्ने? पुरा जानकारी

नेपालले बिहीबार चाइनिज ताइपेई संग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दै छ। खेल ताइपेईको काऊशुंग स्टेडियम मा हुने छ, खेल नेपाली समय अनुसार अपराह्न ४:४५ ( ०७:०० ताइपेईको समय) बजे हुने छ भने खेलको प्रत्यक्ष प्रसारण बारे केहि खबर आएको छैन।

खेलको समय- अपराह्न ४ :४५ (नेपाल), अपराह्न ०७:०० (ताइपेई)
स्टेडियम:- काऊशुंग स्टेडियम
प्रत्यक्ष प्रसारण:- घोषणा गरिएको छैन

नेपालले जुन २ मा मलेशिया संग खेलेको थियो र सो खेल २-० ले हारेको थियोे । नेपालले आउँदो फीफा विश्व कप छनोटको तयारीको लागि यी खेलहरु खेली राखेको हो।