चिलीमाथि अर्जेन्टिनाको शानदार जित

कोपा अमेरिका २०१९ को तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ।

पछिल्लो दुई संस्करणको फाइनलमा हारेको बदला अर्जेन्टिनाले लिन्न सफल भएको छ।

आज बिहान सम्पन्न खेल अर्जेन्टिनाले उत्कृष्ट शुरुआत गरेको थियो। पहिलो हाफको १२ औँ मिनेटमा अग्रता लिए। उसका लागि सर्जियो अग्युरोले लियोनल मेस्सीको पासमा गोल गरे र १-० को अग्रता दिलाए।

२२ औँ मिनेटमा अर्जेन्टिनाले गोल थपे। उसका लागि डेबालाले गोल गदैं २-० को अग्रता लिए।

उतकृष्ट खिलिरहेको अर्जेन्टिनाले ३८ औँ मिनेटमा रेड कार्ड पाए। कप्तान लियोनल मेस्सी रातो कार्ड खादै मैदान छाड्न पर्यो।

दुई गोलले पछि परेको चिली खेलमा फर्के। ५९ औँ मिनेटमा पाएको पेनाल्टी सदुप्रयोग गरि अटुरो भिदालले २-१ मा पूराए। यो गोल पछि कुनै थप गोल हुन सकेन र अर्जेन्टिनाले चिलीमाथि २-१ को जित हात पारे।